प्युठान दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत

प्युठानमा कार दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत भएको छ । सोमबार दिउँसो स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको लु१च ६३४५ नम्बरको कार दुर्घटना भएको थियो ।

सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका-४ भि‌ंग्रीस्थित सडक घुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा ज्यान गुमाउने सबै दाङका हुन् ।

दुर्घटनापछि यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएको थियो । तर ती सबैको ज्यान गएको हो । प्रहरीका अनुसार कार करिब ४५ मिटर तल सडकमा आएर बजारिएको थियो । गुल्टिँदै कार माथिल्लो सडकबाट तल्लो सडकमा बजारिएको हुँदा ठूलो मानवीय क्षति भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए ।

मृतकको नामावली यस प्रकार छ:

१) सरिता शर्मा पोख्रेल, दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष ३५)
२) विशाल पोख्रेल, दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष १४)
३) विकाश पोख्रेल,दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष ९)
४) गोविन्द शाही, दाङ, लमहि नगरपालिका–७ गढवा (वर्ष ४०)
५) राधा नेपाली, दाङ लमहि नगरपालिका–७ गढवा (वर्ष ३०)
६) आदित्य शाह, दाङ लमहि नगरपालिका–७ गढवा (वर्ष ९)
७) तारा कुमाल, दाङ लमही (बर्ष ४९) चालक

८) शिशिर खनाल, घोराही उपमहानगरपालिका -१५ तुलसीपुर चोक (वर्ष ११)