पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र नासु अख्तियारको नियन्त्रणमा

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ ।

श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा सरुवा भएर प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन् ।

पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न योजनाहरूको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरूमा अनियमितता गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरिएको छ ।

सोही उजुरीको अनुसन्धानको सिलसिलामा श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोक र साहलाई वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरबाट नियन्त्रणमा लिइएको अख्यियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

उनीहरुका साथबाट अख्तियारको मुख्य कार्यालय टंगालबाट खटिएको टोलीले ४ थान मोबाइलसमेत बरामद गरेको जनाएको छ ।