नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गर्दैछन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन् ।
सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जानकारी दियो ।
उनी २/२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयको भनाइ छ ।
कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजु राणा देउवा पनि सिंगापुर जानेछिन् । उनीहरू करिब १ हप्तापछि नेपाल फर्किने बताइएको छ ।