बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।
दस वर्षसम्म चलेको सशस्त्र युद्धका बेला बालसेना दुरुपयोग गरी युद्ध अपराध गरेको आरोपसहित माओवादीका पूर्व बालसेना लेनिन विष्टसहितले आइतबार दर्ता गराएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।
यसअघि सर्वोच्च अदालत प्रशासनले प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो। तर सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार दर्ताको आदेश दिँदै मंगलबार (आज) का लागि पेसी तोकिदिएको हो।