राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सोमबारको प्रतिनिधिसभाको बैठक सुरुमै बहिस्कार गरेका छन् ।
यसअघि सत्ता पक्षका सांसद बोल्दा मात्रै बैठकबाट बाहिरिने गरेका रास्वपा सांसद आज पनि सभामुखले बैठक सुरु गरे लगत्तै आफ्नो भनाइ राखेर बाहिरिएका हुन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि निरन्तर संसद् अवरोध र बहिस्कार गरिरहेको छ ।