कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मकवानपुरको फिदिम गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका १४ कलंकी बस्ने ३७ वर्षीय विजयी पुलामी मगर रहेका छन् । 

उनले वैदेशिक रोजगारीको लागि विदेश पठाइदिन्छु भन्दै १३ बाट ७,७५,२०० रकम असुलेर सम्पर्कविहीन भएका थिए । प्रहरीले उनलाई हिजो काठमाडौँ महानगरपालिका वडा नम्बर २८ पुतलीसडकबाट पक्राउ गरेको हो ।  पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।