राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ। मंगलबार बिहान अचानक मुटुमा समस्या देखिएपछि उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा लगिएको थियो। र, उनको एनजिओप्लास्टी गरिएको छ ।
उनमा हृदयघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको अस्पताल स्रोतले जानकारी दिएको हो। अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको छ ।
राष्ट्रपतिको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ । पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायत समस्या भएपछि अस्पताल पुगेका थिए । राष्ट्रपति पौडेललाई गत महिना मात्रै उपचारका लागि भारत लगिएको थियो ।