प्रचण्ड-माधवसहित दुई पार्टीका शीर्ष नेताबीच छलफल

Image

प्रमुख प्रतिपक्षी दल नेकप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू बीच भेट भएको छ ।

सिंहदरबारमा भएको भेटमा दुई पार्टीका अध्यक्षसहित अन्य शीर्ष नेताहरू पनि सहभागी थिए ।

भेटमा अध्यक्षद्वयसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाललगायत सहभागी थिए ।

छलफलमा सरकारले हिजो गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको समितिबारे छलफल भएको नेकपा एसका नेता पाण्डेले बताए ।

उनले भने, ‘भिजिट भिसाबारे हामीले संसदभित्र पनि सङ्घर्ष गर्‍यौँ । अहिले समिति बनाएको छ सरकारले, संसदभित्रको गतिविधिकोबारे दुई दलबीच छलफल भयो ।’

माओवादी र नेकपा एससहित दुई दलबीच भएको सहमति अनुसार सरकारले हिजो शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो ।