विशेष अदालतमा माधव नेपालको बयान जारी, आजै थुनछेक बहस

Image

विशेष अदालतमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको बयान सुरू भएको छ ।

विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान जारी छ । बयान सकिएपछि आजै थुनछेक बहस सुरू हुने अदालत स्रोतले जनाएको छ । थुनछेक बहस पछि पुर्पक्षका लागि नेपाललाई कारागार पठाउने कि बाहिरबाटै मुद्दा लड्न पाउने आदेश हुनेछ ।

बयानका लागि आफ्ना पक्षका कानुन व्यवसायी लिएर नेपाल बुधबार बिहान ११ बजे विशेष अदालत पुगेका थिए । उनका पक्षमा कानुन व्यवसायी गोविन्द बन्दी,शम्भु थापालगायतले बहस गर्नेछन् ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालसहितका ९३ जनाविरुद्ध मुद्दा दायर, १८ करोड ७० लाख रुपैयाँ बिगो माग