सप्तरीमा ३२ वर्षीय युवकको बीभत्स हत्या

Image

सप्तरीमा एक युवकको बीभत्स हत्या भएको छ। राजगढ गाउँपालिका–४ प्रिपाहीमा घाँटी रेटी हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको हत्या भएको अवस्थामा बिहीबार शव भेटिएको हो ।

हत्या भएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेको निमित्त प्रहरी प्रमुख डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित घटना अनुसन्धानको लागि टोली खटिएको बस्नेतले बताए।