सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्व सचिव रघुराम विष्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो।
बैठकले समितिको सदस्यमा इञ्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल नियुक्त भएका छन् भने अर्को सदस्यका रूपमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ ।