माध्यमिक परीक्षा (एसइई)-२०८१ को नतिजा सार्वजनिक भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो।
एसइई गत चैतमा भएको थियो। यसपालिको एसइईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए।
परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सकिन्छ।