सिटी एक्सप्रेस मनी ट्रान्सफर र कुवेतको एआई मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कुवेतको एआई मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । कुवेतमा पहिलो मोबाइल एप्लिकेसन सुरु गर्ने रेमिट्यान्स कम्पनी एआईसँग सिटी एक्सप्रेसले कारोबार सुरु गरेको हो । साथै एआईका कुवेतमा १०२ स्थानमा शाखा छन् ।

कुवेतमा रहनुभएका नेपालीले एआई मुल्ला एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । त्यस्तै नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने सिटीले जनाएको छ ।

साथै, नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाइल वालेटमासमेत लोड गर्न सकिन्छ । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा बिगत १५ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार