धादिङको बेनिघाटमा गाडीबाट खसेर एक वृद्धको मृत्यु भएको छ । रोराङ गाउँपालिका २ राहुल डाँडास्थित सडकमा ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग१ज ७८६७ नम्बरको बोलेरो गाडीबाट खसेर गजुरी गाउँपालिका २ छेबाङ बस्ने ७० वर्षीय मान बहादुर दमाईको मृत्यु भएको हो ।
गाडीबाट खसेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखु हुँदै स्टार अस्पताल सानेपा ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।