पौडी खेल्ने क्रममा डुबेर ९ वर्षीय बालकको मृत्यु

धनगढी– कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ ।  जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर विकको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।

बुधबार घर नजिकैको काँडा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।