सरकारले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव वैरागीले दिएको राजीनामा स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको छ ।