चिकित्सक मृत्यु प्रकरण : प्रेमी कारागार चलान, पूर्वप्रेमी धरौटीमा रिहा

धनगढीमा डाक्टर मृत भेटिएको घटनामा एक युवक कारागार चलान भएका छन् । गत जेठ गते आफ्नै घरको कोठामा मृत भेटिएकी धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्ना शाहको आत्महत्या दुरूत्साहन मुद्दामा डा. सन्दीप भट्टराई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

सोही मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका धनगढीकै विकल केसी भने ५० हजार धरौटीमा रिहा भएका छन् । धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ शाह बन्द कोठाभित्र झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमी समेत रहेका केसी र प्रेमी भट्टराईलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आत्महत्या गर्न बाध्य पारेको भन्दै माया मेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर भट्टराई र केसीलाई पक्राउ गरिएको हो ।