एकीकृत समाजवादी दुई मन्त्रालय लिएर सरकारमा जाने

नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो ।

सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने भएको छ।

यसअघि नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन सरकारमा पनि समाजवादीले २ मन्त्री र १ राज्यमन्त्री लिएको थियो।

Share