गायक तथा संञ्चारकर्मी सुरेन भण्डारीको नयाँ गित “झुम्केली बौजु” सार्वजनिक भएको छ ।
विगत लामो समयदेखि संचारक्षेत्रमा आवद्ध भण्डारीले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । प्रायः सुदुरपश्चिमको प्रतिनिधित्व गर्ने खाल गीतहरु उनले बजारमा ल्याउने गरेका छन् । आफ्नो भेगलाई चिनाउने उद्देश्यले देउडा भाषाका गीतहरुलाई प्राथमिकता दिएको उनी बताउँछन् ।
कोरोना कहरका बिच पनि आफ्नो पहिचान जोगाउनका निम्ती देउडा भाषाको गित “झुम्केली बौजु” बजारमा ल्याएको गायक भण्डारीको भनाई छ । यस गितलाई पहिले आफूले बजारमा ल्याएका गितहरु जस्तै माया गरिदिन पनि उनले आग्रह गरेका छन् ।
गीतमा गायक भण्डारीसँगै चर्चित गायिका रेखा जोशीको स्वर सुन्न सकिन्छ । गीतमा सुशिल बोहोराको शब्द एवं संगीत रहेको छ । भिडियोमा स्वंय भण्डारी र गायिका जोशी फिर्चड छन् भने भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् । भिडियोलाई रेखा जोशी अफिसिएल युटुब च्यानलबाट हेर्न सकिन्छ ।