भक्तपुरमा दिदीबहिनी मृत भेटिए

Image

भक्तपुरमा दुई किशोरी मृत भेटिएका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका-८ बोडे सिन्टिटारस्थित एउटा घरमा डेरा गरी बस्ने दुई किशोरी बिहीबार बिहान ६:४५ बजे झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार मृतभेटिएका किशोरीहरूमा सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भई भक्तपुर बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल छन् ।उनीहरू दिदीबहिनी हुन्। उनीहरू डेराको प्यासेजमा एउटै नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।