ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका-१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख २४७७ नं को मिनी ट्रकको ठक्करबाट आज दिउँसो पैदलयात्री काभ्रेकी २४ वर्षीया सुस्मिता भुजेलको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता घिमिरेले बताए।














