बेटिसलाई हराउँदै रियल म्याड्रिड शीर्षस्थानमा

स्पेनिस लिग फुटबल ला–लिगामा रियाल मड्रिडले रियाल बेटिसलाई १–० ले हराएको छ । गएराति बेटिसको मैदानमा भएको खेलमा रियाल मड्रिडका ड्यानियल कार्भायलले ६१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै रियाल मड्रिड ३ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । समान ७–७ अंक जोडेका सेभिया, भ्यालेन्सीया र रियाल मयोर्का क्रमशः दोस्रोदेखि चौथो स्थानसम्म रहेका छन् ।

दुई खेलबाट ६ अंक जोडेको एथ्लेटिको मड्रिड पाचौं स्थानमा छ । एथ्लेटिकोले आज राती भियारियालसँग खेल्दा बार्सिलोनाको भिडन्त गेटाफेसँग हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार