मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान

आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ ।

नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी हुन् ।

हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरले प्राधिकरणबाट अनुमति लिएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सो जहाजले आगामी सेप्टेम्बरसम्मका लागि अनुमति लिएको हो ।

क्षेत्रीका अनुसार मंगलबार र शनिबार काठमाडौं-कोलम्बो उडान हुने छ । प्रवक्ता क्षेत्रीले भने, ‘काठमाडौं-कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको छ ।’

काठमाडौं-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । कोरोना महामारीअघिसम्म श्रीलंकाबाट नेपाल घुम्न आउने पर्यटकको संख्या उच्च रहँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार