सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

Image

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएका हुन्।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई इनरुवा अस्पताल, विराटनगर न्युरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको छ।