३० हजार धरौटीमा छुटे चक्रे मिलन

Image

गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो ।

चक्रेसँग राजेश खड्कालाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ । अन्य १७ जनाको हकमा भने १० र २० हजारको दरले धरौटी तोकिएको छ ।

आदेशपछि उनीहरू धरौटी बुझाएर निस्कने प्रक्रियामा लागेका छन् ।