कोशीका मन्त्रीलाई आफैँ उपस्थित भएर लिखित जवाफ दिन विराटनगर उच्च अदालतको आदेश

विराटनगर उच्च अदालतले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा पाँच दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको छ ।

काममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको इजलासले पाँच दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

उनलाई असार २० गते बयानका लागि अदालतमा उपस्थित हुन पनि आदेश दिइएको छ । प्रदेशमन्त्री राजभण्डारीले अदालतको आदेशविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए ।