मैत्रीपूर्ण खेलका नेपाल आइपुग्यो भारतीय फुटबल टोली

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम सोमबार नेपाल आएको छ ।  भारतीय टोलीलाई त्रिभुवन बिमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा हो । नेपाल आएलगतै कप्तान क्षेत्रीले आफ्नो टिममा पनि युवा खेलाडीको बाहुल्यता रहेको र नेपालसँग खेल्न उत्साहित रहको बताए । नेपालसँगको खेल आफूहरूलाई निकै महत्त्वपूर्ण रहेको बताउँदै उनले नेपाली टिमलाई कमजोर नआँक्ने पनि बताएका छन् । सिनियर खेलाडीहरूको अभाव आफ्नो टिममा खड्कने बताउँदै काठमाडौँमा अभ्यास गरेपछि कमजोरी सुधार हुने उनले बताए ।
भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल भदौ १७ र २० मा हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार