राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भेटे प्रधानमन्त्रीलाई, चीन भ्रमणबारे गराए ब्रिफिङ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

चीनबाट फर्केपछि अध्यक्ष तिमिल्सिना प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा उनले चीन भ्रमणमा भएका वार्ता र छलफलका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

यस्तै उनले आफ्नो चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।