राजा र प्रजातन्त्र सँगसँगै रहनुपर्छ : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग(सङ्गै रहनुपर्ने भन्दै आफूहरूले राजाको कुरा उठाएर निरङ्कुशता नखोजेको बताएका छन् । राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अवधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको विषयले पनि कोही आत्तिनु नपर्ने बताए । ‘सबै धर्मलाई समान व्यवहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुँदैन, हामिले पहिचानको कुरा उठाएका हौं ,सर्बधर्म समभाब हाम्रो अवधारणा हो’ थापाले भने ।

समग्र रुपमा भन्दा अहिलेको ब्यवस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट ब्यवस्था, भ्रष्ट शासक र फोहरी राजनितीको अन्त्य आवश्यक भएको समेत थापाले औँल्याए। गठबन्धनको परिवर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अवस्था थप कमजोर हुँदै जाने समेत उनको भनाइ छ । जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापले दाबी गरे ।

पार्टी आबद्ध पूर्व प्रहरी संगठनको कार्यक्रम बोल्दै थापाले पूर्व प्रहरीहरूको हक हितको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रमबाट संगठनका अध्यक्ष हरिहर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रका जिल्लाहरूमा जिल्ला अध्यक्षहरूको जिम्मेवारी तोकिएको जानकारी दिए ।

Share