नेपाल-भारतको मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई अनुमति

नेपाल(भारतको मैत्रिपूर्ण खेल हेर्न दर्शक रंगशाला जान पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार पत्रकार सम्मेलनमार्फत सरकारले सीमित दर्शक प्रवेशको अनुमति दिएको जानकारी दिए ।

दर्शकका लागि ५ हजार १ सय टिकट बिक्री हुने र स्वास्थ्य मन्त्रायलले जारी गरेको मापदण्ड पालाना गर्नुपर्ने अध्यक्ष शेर्पाले बताए ।

खेल हेर्नको लागि टिकट अनलाइनबाट काट्नुपर्नेछ । यद्यपि मूल्य भने अहिले तय भएको छैन ।

खेल हेर्नका लागि भ्याक्सिन कार्ड र पिसिआर रिपोर्ट नेगेटिभ चाहिने शेर्पाले बताए । खेल भोलि (बिहीबार) र आइतबार साढे पाँच बजेदेखि सुरू हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार