सातदोबाटोमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित सडकमा शुक्रबार गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बाग्मती प्रदेश ०१–०२९ प ९०४६ नम्बरको बोलेरो गाडी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक रामेछाप मन्थली घर भई भक्तपुर सिपाडोल बस्ने २१ वर्षीय राम कुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share