सानिमा लाइफको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आजदेखि दोस्रो बजारमा कारोबारमा आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएपछि आजदेखि कारोबारमा आएको हो ।

पहिलो कारोबार प्रतिकित्ता ३०९ रुपैयाँमा भएको छ ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबार गर्न पहिलो कारोबारको लागि १०३ रुपैयाँ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेन्ज तोकेकोमा अन्तिम मूल्य रेन्जमा कारोबार भएको हो ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्दछ ।

नेप्सेमा कम्पनीको ६० लाख कित्ता सर्वसाधारणको सेयर र १ करोड ४० लाख संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ कम्पनीले साउन २० देखि २४ गतेसम्म आईपीओको बिक्री खुलाएको थियो । साउन ३० गते बाँडफाँड भएको सेयर ५ लाख ४० हजार जनाले १० कित्ताका दरमा सेयर पाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार