एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणको प्रतिबद्धतालाई प्रवर्द्धन, गर्दै लैंगिक समता तथा सामाजिक समावेशीकरण (गेसी) योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजनाले समाजमा विविधता प्रवर्द्घन, सीमान्तकृत समुदायलाई सशत्तीmकरण र समुदायमा लैंगिक समानतालाई प्रोेत्साहन गर्नेछ ।
गेसीले समग्र बैंकिङ प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकता पूरा गर्र्दै पहुँचयोग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।
बैंकले लैंगिक समता र सामाजिक समावेशीकरण योजना कार्यान्वयन गर्दै, महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्जस्थित शाखामा फरक ढंगले सक्षम ग्राहकलाई वीह्लचेयर ¥याम्प स्थापना गरेको छ । महिला नेतृत्व विकास गर्न देशभर महिला नेतृत्व कार्यक्रमसमेत सुरुवात गरिसकेको बैंकले जनाएको छ ।
महिला उद्यमीलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधासहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । एनएमबी बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ ।
बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबी बचत खाता, पाथिभरा बचत खातालगायत प्रदेश केन्द्रित बचत खाता चल्तीमा ल्याइसकेको छ । बैंकले हाल २०१ शाखा, १८३ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।