अब एनएमबिका ग्राहकले अनलाइन बजार दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् । यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले मासिक किस्ता मा रुपान्तरण गर्नेछ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी [email protected]/[email protected] मा ईमेल गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार