अब नेपाली बजारमा द बेस्ट शौर्य सिमेन्ट

प्रतिस्पर्धात्मक बन्दै गएको नेपाली सिमेन्ट बजारका गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्टले आफ्नो प्रस्तुति जनाउँदै बजारमा उत्पादन र बिक्री वितरण शुरु गरेको छ। सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट इण्डष्ट्रिज ओपिसि, पिपिसि, पिएससि र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरिका गुणस्तरीय सिमेन्टहरु उत्पादन गरिरहेको छ।

जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी भएको दावी छ। सिमेन्टले यसले दैनिक ७ हजार बोरा सहित ३५ सय मेट्रिकटन उत्पादनको क्षमता राखेको छ। यस सिमेन्ट इण्डष्ट्रिजको बजार देशका प्रमुख शहरहरुसम्म पुगिसकेको कम्पनीले बताएको छ। यस सिमेन्ट इण्डष्ट्रिजको बजारको बारे कुरा गर्न पर्दा यसको लक्ष्य मुलुकको ७७ वटै जिल्लामा सरल डिलरसिप मार्फत आफ्नो सेवा सुविधा पुर्याउने रहेको छ जुन अहिले विस्ताको क्रममा रहेको छ । हाल यसको पहुँच देशका प्रमुख शहरहरुसम्म पुगिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार