विश्वकप छनोट : इंग्ल्यान्डको सानदार जित

फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित दर्ता गरेको छ । इंग्ल्यान्डले घरेलु टोली हंगेरीमाथि ४–० को फराकिलो जित हात पारेको हो ।

गएराति हंगेरीको बुडापेष्टमा भएको खेलमा इंग्ल्याण्डका लागि राहिम स्टर्लीङ, ह्यारी केन, ह्यारी म्याग्वेर र डेक्लन राइसले एक एक गोल गरे । सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै लगातार दवावमा राखेपनि इंग्ल्यान्डले गोलको लागि दोस्रो हाफमा नै कुर्नुपरेको थियो ।

यही समूहको अर्को खेलमा पोल्यान्ड र एन्डोरोले सफलता हात पारेको छ । पोल्यान्डले अल्वानियालाई ४–१ ले पराजित गरेको छ । पोल्यान्डको जितमा रोबर्ट लेवान्डोस्की, एडम बुस्का, ग्रेजगर्ज क्रेचोवियाक र कारोल लिनेटीले गोल गरे । अल्वानियाका सोकोल सिकालेसीले एक गोल फर्काए । अर्को खेलमा मार्क भालेसको दुई गोल मद्दतमा एन्डोराले सान मारिनोलाई २–० ले पराजित गरेको छ ।

यो नतिजापछि समूह ‘आई’ मा इंग्ल्यान्ड ४ खेलमा अपराजित रहँदौ १२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित हंगेरी ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पोल्यान्ड ७ अंक जोडेर दोस्रो स्थानमा उक्लदा पराजित अल्वानिया ६ अंकसहित चौथो स्थानमा रहेको छ । पहिलो जित हात पारेको एन्डोराको ३ अंक रहँदा सान मारिनो अंक विहीन हुदै पुछारमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार