नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन् । उनलाई शनिबार पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।
देउवाका निजी सचिव केशवराज जोशीले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४) को धारा १२ को उपधारा १ बमोजिम दलको नेता चयन गरेको जानकारी गराएका छन् ।
सिटौला गत माघमा भएको राष्ट्रिय सभा निवाचनमा कोसी प्रदेशको अन्य तर्फबाट निर्वाचित भएका थिए ।