काठमाडौंको माछापोखरीमा बस पल्टिएको छ। शनिबार साँझ करिब ७ बजे बालाजुबाट आउँदै गरेको बा ३ ख ७०४७ नम्बरको बस माछापोखरीमा पल्टिएको हो । स्थानीयहरूका अनुसार तीव्र गतिको बसले साइकललाई जोगाउन खोज्दा बीच सडकमै पल्टिएको थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बस दुर्घटना हुँदा केही यात्रु घाइते भएका छन्। पल्टिएको बसलाई क्रेनले उठाइएको छ।
बस बीच सडकमा पल्टिएपछि त्यहाँ केही बेर जाम भएको थियो। घाइतेहरुलाई नजिकैको अस्पताल लगिएको छ।















