त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प, रनवे लाइटिङमा अझै समस्या

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । विमानस्थलको धावनमार्गमा बिजुली सट हुँदा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू बन्द भएका हुन् ।

विमानस्थल कार्यालयले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जनाएको छ । हाल अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् ।

फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट गरिएको छ । ९ बजेसम्मका लागि ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ ।

अहिलेपनि दिल्लीबाट आएको नेवानी र दोहाबाट आएको कतार एयरवेजले आकाशमा फन्को मारिरहेका छन् । कोरियन एयर दिल्ली डाइभर्ट गरिएको छ । आज रात्रिकालिन धेरै आन्तरिक उडान रोकिएको छ ।

विमानस्थलमा सयौं यात्रु प्रभावित भएका छन् ।

Share