सन्तोष परियारले पनि छोडे रास्वपा

Image

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व सांसद सन्तोष परियारले पार्टी छोडेका छन् ।

प्रवक्ता मनिष झाका अनुसार  सचिवालय सदस्य परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई राजीनामा पत्र बुझाएर पार्टी छोडेको जानकारी गराएका हुन् । 

परियारले राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजना बनाएको जानकारी गराएको प्रवक्ता झाले बताएका छन् । परियार विघटित प्रतिनिधि सभामा रास्वपाबाट  समानुपातिक सांसद बनेका थिए ।  पुर्व सांसद सुमना श्रेष्ठपछि पार्टी छोड्ने परियार दोस्रो उच्च तहका नेता हुन् । 

Share