बाराको सिमरामा युवाहरुले नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सवार जहाज अवतरण हुन नदिन भन्दै प्रदर्शन गरेपछि बुद्ध एयरको जहाज काठमाडौँमै रोकिएको छ ।
यात्रुहरु विमानमा चढिसकेका अवस्थामा सिमराबाट अवतरण रोकिएको सूचना आएपछि सबैलाई विमानबाट ओरालिएको छ ।
सिमरा विमानस्थल बाहिर नेकपा एमालेका कार्यरत र जिनजी युवाहरुबीच झडप भएको छ । भीड बढ्दै गएपछि बारा प्रशासनले विमानस्थल क्षेत्रमा कर्फ्यु लगाएको छ । सिमरा विमानस्थलमा अवतरण हुने सबै उडान रद्ध गरिएको छ ।















