डिपाए चम्किदा रोपेली छनोटमा नेदरल्यान्डको सहज जित

बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई गोल गर्दा विश्वकप छनोट अन्तर्गत  युरोपेली छनोटमा नेदरल्यान्डले सानदार जित हासिल गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको समूह ‘जि’ को खेलमा नेदरल्यान्डले मोन्टेनेग्रोमाथि ४-० गोल अन्तरको सहज जित निकालेको हो ।

बार्सिलोनाका स्ट्राइकर डिपाएले पेनाल्टीमा गोल गर्दै ३७औँ मिनेटमा नेदरल्याण्डलाई अग्रता दिलाए । ६२औँ मिनेटमा दोस्रो गोल गर्दै डिपाएले नेदरल्यान्डको अग्रता दोब्बर पारे ।

७०औँ मिनेटमा जर्जिनियो विज्नाल्डमले नेदरल्यान्डका लागि तेस्रो गोल गरे भने ७६औँ मिनेटपछि कोडी गाक्पोले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

मुख्य प्रशिक्षकका रुपमा लुइस भानको यो तेस्रो कार्यकाल हो । उनको नेतृत्वमा टोली बुधबार नर्वेसँग १-१ को बराबरीमा रोकिएको थियो ।

जितसँगै नेदरल्यान्ड समूह ‘जि’को दोस्रो स्थानमा छ । पाँच खेलबाट नेदरल्याण्डको १० अंक छ । समान पाँच खेलबाट टर्की ११ अंकसहित शीर्ष स्थानमा छ ।

अंकमा सीमित मोन्टेनेग्रो चौथो स्थानमा छ । चार अंक बटुलेको लाट्भिया पाँचौँ स्थानमा रहँदा अंकको खाता खोल्न नसकेको जिब्रल्टार पुछारमा छ ।

शीर्ष टोली टर्कीले गए रातिकै खेलमा जिब्रल्टारमाथि ३-० को विजय हासिल गरेको थियो भने नर्वेले अर्को खेलमा लाट्भियालाई २-० ले हराएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार