नेप्सेमा लाग्यो सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द

साताको पहिलो कारोबार दिन नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ। यस दिन बजार खुलेको २ घण्टा बित्न ५ सेकेन्ड बाँकी नेप्से ५.०३ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो।

सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटको लागि बन्द भएको छ।

सो अवधिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ कम्पनीको मात्र शेयरमूल्य बढेको छ।

सेयर बजारमा पहिरो, १ सय ३० अंकले घट्यो नेप्से

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार