एनआईसी एसिया बैंकको लकर सेवामा विशेष छुट

Image

एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ।

निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेछन्।

ग्राहकहरुले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्ने बैंकले जनाएको छ। बैंकले मुलुकभरका १५० वटा बैंक शाखाहरुमा ग्राहकहरुको आवश्यकताअनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ।

बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।

बैंकले उपलब्ध गराएको लकर सेवा बारेमा थप जानकारीको लागि बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध गरेको छ।