माछापुच्छ्रे बैंकका थप ७ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालीका ६, काठमाण्डौँ जिल्लाको कीर्तिपुर नगरपालीका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालीका २ छजनाचोक मा गरि जम्मा ७ स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा १७२ पुगेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्ररुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार