अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने कल्पना गर्दैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि अब कसैले पनि गठबन्धन गर्ने कल्पना नगर्ने बताएका छन् ।

आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले नेताहरु मिलेर चुनावमा जाने प्रचलन अब अन्त्य हुने आशा गरेको बताएका हुन् ।

‘नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, यसले भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो, थप खोक्रो बनाउँथ्यो । अब मलाई के लागेको छ भने कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन’ उनले भने ।

कसले कसलाई धोका दिन्छ त्यसको हिसाबकिताब नै नहुने भएकोले चुनावअघि गठबन्धन नहुने उनको भनाइ थियो ।

उनले निर्वाचन प्रणाली बदल्नुपर्ने पनि बताए । ‘काम गर्ने बेला हाम्रो ध्यान र ऊर्जा सरकार टिकाउन, बदल्न र खेल खेल्नमा समय गएको छ,’ उनले भने, ‘अहिलेको प्रधानमन्त्रीको कुर्सी हल्लिएको छ। कतिखेर म लड्ने वा धकेल्ने डरले। डराएको प्रधानमन्त्री कसरी काम गर्न सक्छरु’

Share