रुद्रकली र खगेन्द्रप्रसाद कतार उड्दै, आज सौराहाबाट बिदा गरिने

Image

नेपालले कतारलाई दिन लागेका दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिँदैछ। २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो।

त्यसपछि हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्ती कतारलाई दिन छनोट गरिएको थियो।

नेपालले अन्य देशलाई हात्ती उपहार दिन लागेको यो पहिलो पटक हो। यसअघि विभिन्न देशलाई एकसिंगे गैंडा भने उपहारका रूपमा पठाएको थियो।

खगेन्द्रप्रसाद भाले र रुद्रकली पोथी हात्ती हुन् । उनीहरु दुवै ६–६ वर्षका छन् । आज रूद्रकली र खगेन्द्रप्रसादलाई माला, खादा लगाएर बिदा गर्न लागिएको हो ।

ती हात्ति पुस २ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार उड्ने छन् । कतारले चार्टर विमानमार्फत् हात्तीहरू लैजानेछ। खोरसहित हात्तीहरूलाई विमानमा चढाएर कतार लगिने बताइएको छ ।