नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका नेताहरू नेकपा एमाले प्रवेशको तयारी गरेका छन् । शुक्रबार दिउँसो १ बजे आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत उनीहरू एमाले प्रवेशको तयारी गरेका हुन् ।
नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार दिउँसोका लागि पार्टी प्रवेश कार्यक्रम राखेको छ । उनीहरूलाई पार्टीका उपमहासचिव समेत रहेका गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
एमाले फर्कने तयारीमा रहेका नेताहरूलाई उपमहासचिव गुरुङले बिहीबार दमौलीमा भेट गरेका छन् ।