शुरु भएको पाँच मिनेटमा नै ब्राजिल र अर्जेन्टिनाबीचको खेल रद्द

विश्वकप छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल शुरु भएको पाँच मिनेटमा नै रद्द भएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ को क्वारेन्टिन प्रोटोकल उल्लंघन गर्ने तीन अर्जेन्टिनी खेलाडीहरुको सहभागिताको विषयमा प्रश्न उठाएपछि खेल रद्द भएको हो ।

साओ पाओलोमा चलिरहेको खेलका बेला नै प्रहरी र स्वास्थ्य अधिकारीले खेल रोकेका हुन् । स्वास्थ्य अधिकारीका अनुसार इंग्ल्याण्डमा खेल्ने खेलाडीले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भए पनि उनीहरुले त्यो नगरेको दाबी गरेका छन् । जसमा इमिलियानो बुइन्डिया, इमिलियानो मार्टिनेज, गियोभानी सिल्सो र क्रिस्टियन रोमेरो रहेको बताइएको छ ।

क्वारेन्टिन नबसेका चार जनामध्ये तिन खेलाडी अर्जेन्टीनाको शुरुवाती ११ मा मैदान प्रवेश गरेपछि ब्राजिलले आपत्ति जनाएको हो ।

रोकिएको खेल अब कहिले हुन्छ भन्ने सार्वजनिक गरिएको छैन । विश्वकप छनोटअन्तर्गत लेटिन अमेरिकी समुहको अर्को खेलमा उरुग्वेले बोलिभियालाई ४–१ ले हराउँदा पाराग्वे र कोलम्बियाले १–१ गोलको तथा इक्वेडर र चिलीले गोलरहित बराबरी खेलेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार