ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको हो । आइतबार पक्राउ परेका श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गरेका थिए । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।